मेस्सी २ वर्षका लागि पिएसजी सँग सम्झौता

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७८

एजेन्सी साउन २६ । विश्वका चर्चित फुटबल खेलाडी मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग २ वर्षका लागि सम्झौता गरेका छन् ।

पिएसजीले अब चाँडै मेस्सीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ । मेस्सीको प्रतिक्षामा आइतबार नै हजारौं समर्थक पेरिसमा भेला भएका थिए ।

अर्जेन्टिनाका कप्तान मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् । पीएसजीसँग २ वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका छन् ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्द हुन लागेका हुन् ।पिएसजीले आजका लागि आएफिल टावर बुक गरेकाले सार्वजनिक कार्यक्रम हुने सम्भावना पनि छ ।