
धादिङ साउन २५ । दुबईमा अलपत्र अवस्थामा रहेका कृष्ण राना धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ७ स्थित सल्यानकोट छापथोक निवासी रहेको पुष्टी भएको छ ।
विगत २० वर्ष पहिला देखि वैदेसिक रोजगारीको सिलसिलामा दुबईमा रहेका कृष्ण राना हाल अलपत्र अवस्थामा रहेको, दुबईबाट बासु भट्टले धादिङपोष्टलाई जनाएका थिए ।
धादिङ कुन ठाउँ घर रहेका भन्ने समेत थाहा नभएको अवस्थामा धादिङपोष्टले दुबैमा अलपत्र कृष्ण राना भनेर समाचार प्रकाशित गरेपछि उनको परिवार धादिङपोष्टको सम्पर्कमा आएको छ ।
कृष्ण रानाका ठुलो बुबाका रामबहादुर राना मगर का अनुसार लामो समय देखि दुबै बस्दै आएका कृष्ण पछिल्लो पटक विनासकारी भुकम्प आउँदा नेपाल आएका थिए । भुकम्पले भत्काएको घर मर्मत गरि उनी फेरि दुबई फर्किएका थिए ।
त्यसपछि पनि परिवार सम्पर्क मै रहेका उनी विगत केहि महिना देखि भने सम्पर्क बाहिर रहेका थिए । उनलाई नेपाल ल्याउनेबारे धादिङमा रहेर काम गरि रहेको सुरक्षित आप्रवास सामी परियोजना नीलकण्ठले चासो दिएको छ ।
परियोजनाका प्रमुख दिनेश दुवाडीका अनुसार हामी परिवार सँग र दुबई दुबै तिर सम्पर्कको प्रयासमा छौं । त्यहाँको सम्बन्धित निकाय सँग छलफल सुरु भएको दुवाडीले धादिङपोष्टलाई बताए ।
धादिङपोष्टलाई जानकारी दिँदै कृष्ण रानाको विषयमा थप जानकारी लिन 0543648569 नम्बरमा सम्पर्क गर्न सकिने समेत भट्टले बताए ।