पारस खड्काको ७७ नम्बरको जर्सी प्रयोग नगरिने

Avatar photo
दिपेश कडेल
आइतवार, साउन २४, २०७८

धादिङ साउन २४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लगाउने नम्बर ७७ जर्सी प्रयोग नगरिने भएको छ ।

पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको हो ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाईल्यान्डविरुद्ध खेलेका थिए ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए ।

पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१० मा घरेलु मैदानमा आइसिसी डिभिजन फाइभ देखि ओडिआई मान्यता पाएको थियो । २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । समाचार स्रोत हाम्रो खेलकुद