
धादिङ साउन २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता गर्दैछ । धादिङ जिल्लाबाट उक्त प्रतियोगिताको लागि गल्छी गाउँपालिका स्थित बैरेनी युवा समुहले भाग लिने भएको छ । उक्त प्रतियोगिताको लागि तीन चरण गरेर बैरेनी युवा समुह शुक्रबार २३ जना खेलाडी छनोट गरेको हो ।
देशभरका नयाँ सबै क्लवहरु भाग लिन पाउने उक्त सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताका लागि धादिङबाट बैरेनी युवा समुहले मात्रै भाग लिने भएको हो । अन्य धादिङका क्लवहरुले आर्थिक व्यवस्थापनको कठिनाईका कारण भाग लिन नसकिएको बताएका छन् ।
अन्य क्लवहरुले सी डिभिजन छनौट प्रतियोगिताका लागि भाग नलिने भए सँगै जिल्लाभरका १०० जना भन्दा बढी खेलाडी बैरेनी युवा समुह गल्छी पुगेका थिए ३ चरण गरेर समुहले २३ जना छानेर एक टिम बनाएको हो ।
छनोट भएका खेलाडीहरुलाई आजैबाट क्लोज क्याम्पमा राखिने छ भने सी डिभिजन छनौट खेल्नको लागि आईतबार (भोली) एन्फामा, टिम दर्ता गर्ने बैरेनी युवा समुहले तयारी गरेको छ ।
यी हुन् बैरेनी युवा समुहले छनोट गरेको खेलाडी
FRONT LINE
1.Arjun Gurung
2.Birendra Tamang
3.Roshan Magar
4.Krishna Uporkoti
5.Janip Pariyar
6.Sarju Gurung
7.Ramesh Tamang
MID LINE
1.Laning Tamang
2.Dilip Gurung
3.Paresh Gautam
4.Ram Krishna Magar
5.Nishal Bhandari
6.Anil Bhandari
7.Aashish Magar
BACK LINE
1.Songdil Shrestha
2.Anzit Sunar
3.Sailendra Tamang
4.Amit Tamang
5.Bishal B. K
6.Nabin Tamang
GOALKEEPER
1.Bijay Lama
2.Bissu Shrestha
यस छनौट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानीएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिग खेल्न पाउने छन् ।