“मोडलिङ करिएरमा, धादिङका प्रदिप अवतार”

Avatar photo
Dhadingpost
बिहिबार, साउन २१, २०७८

धादिङ साउन २१ । धादिङ जन्मथलो भई कलाकार बन्ने सपना बोकि राजधानी छिरेका प्रदिप आर्थिक अवस्था कै कारण आफ्नो रहर भन्दा पनि परको कहर मै बाद्धिन पुगे । केही समय पढाइ सँगै व्यवहारिक कुरामा जोडिसकेका प्रदिप `प्लस टु´ सके लगतै मोडलिङ र कलाकारितालाई पनि जिवितै राख्न त्यस विधामा पनि उतिकै इन्ट्रेष्ट देखाइ नै रहे ।

केही समयको मेहेनत, हिम्मत र लगाव सँगै सयौं र हजारौंको भीडबाट लाखौं र करोडौंको माझ लोकप्रियता कमाउन पनि दुई चार जना नै सर्वोत्कृष्ट खेलाडीको खाँचो पर्ने रैछ । तर उनको जीवनमा एकै जना सँगको भेटघाटले त्यो सपना अन्तत सार्थक नै बनाइ दियो । त्यसैले त उनी आफ्नै जिल्ला निवासी ईन्जिनियर अमृत अधिकारीलाई नै आफ्नो आईडल सदैव मानिनै रहन्छन् ।

यसरी ‘एकान्तमा पनि डुलिनै रहने मान्छेलाई करोडौंको भीडमा खोज्नपनि स्वयम् आफै नै हराउनुपर्छ’ भनेझैं उनी लामो समय पश्चात नै दर्शक र श्रोताहरु माझ चिनिन थाले ।

ढिलै भएनि कडै रुपमा प्रस्तुत हुने हिसावले सदैव मोडलिङ र कलाकारितालाई नै अघि बढाई रहने उनको अठोट छ भनि हामी सँगको भेटघाट उनकै आइडल भनिएका अमृत अधिकारीले बताए ।