अन्तराष्ट्रिय म्युजिक अवार्डमा ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा

Avatar photo
Dhadingpost
बिहिबार, साउन २१, २०७८

धादिङ साउन २१ । म्हेन्दोमाया कलाकार संघ धादिङको जिल्ला अध्यक्ष एवम राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिस्ठान नेपाल धादिङका सदस्य सन्दिप स्याम्चेन तामाङ गित ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा छानिएको छ ।

अन्तर्राष्ट्रिय हिमालयन म्युजिक अवार्डका लागि सन्दिपको ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा छनोट भएको हो ।

सुर्यलाल तामाङको पहिलो कोसेली यस ‘झार्लाङ कोर्परी’ को स्वर सन्दिप स्याम्चेन तामाङ र उपस्ना फ्युवाको रहेको छ ।

उत्कृष्ट ५ मा पर्ने अन्य गितहरुमा राइजिक रमेश गोम्जाको लस्सो फ्याफुल्ला, आरबी लामा वाङ्देनको म्हेन्दो ज्यावा पाटोला, विकास लामाको किम्ताङ्ग नाम्साई, रेसा तामाङको ल्होस्सो साली रहेका छन् ।