सुनौलाबजारमा सहकारीद्वारा पाडा वितरण

Avatar photo
Dhadingpost
बिहिबार, साउन २१, २०७८

धादिङ साउन २१ । नीलकण्ठ नगरपालिका स्थित साना किसान सहकारी संस्था लिमिटेड सुनौलाबजारले आफ्ना सेयर सदस्यहरुलाई पाडा वितरण गरेको छ ।

बागमती प्रदेश सरकारबाट गत वर्ष पाडा पालनको लागि ११ लाख अनुदान पाएको यस सहकारीले उक्त रकमको पाडा पालन घुम्ती कोष बनाएर प्रत्येक वर्ष सेयर सदस्यहरुलाई साँवा फिर्ता गर्ने गरि पाडा वितरण गर्ने नीति अनुरुप यस वर्ष ५० जना सेयर सदस्यलाई ५० वटा पाडा वितरण गरको हो ।

यस सहकारीले गत वर्ष १६ हजार पर्ने ५० वटा पाडा वितरण गरेको गरेको थियो भने यस वर्ष २२ हजार, १८ हजार र १५ हजार पर्ने तीन थरीका ५० वटा पाडा वितरण गरेको हो ।

सहकारीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार प्रत्यस वर्ष आलो पालोमा इच्छुक सेयर सदस्यले पाडा पाउँछन्, एक वर्ष पछि ति साँवा फिर्ता र नाफा सेयरधनी कै हुन्छ यो निरन्तर चलिरहने सहकारीको कार्यक्रम हो ।