
नागोया साउन १३ । धादिङ गंगाजमुना घर भई बिगत डेढ दशक देखि जापान बस्दै आएका राज कुमार अधिकारी यतिबला एनआरएनए जापानको निर्वाचनमा आफु र आफ्नो टिमलाई भोट मागि रहेका छन् ।
जापानको नागोया शहरमा बस्दै आएका अधिकारले एनआरएनए जापानको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिए सँगै भोट माग्न व्यस्त बनेका हुन् ।
जापानमा रहेका नेपालीहरुलाई परेको हरेक दु:ख सुखमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न निरन्तर अगाडी बढ्ने अधिकारी सिधा, मिलनसार र सरल ब्यक्तित्व रुपमा चिनिन्छन् । एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदमा निर्विरोध निर्वाचित श्याम सितल, उपाध्यक्ष पदमा अधिकारीले चुनाव जित्नेमा ढुक्क छन् ।
अधिकारीले जित्ने आधार खडा गर्दै भन्छन् श्याम सितल भन्छन्, उहाँको प्रफाईल नै समाजसेवी बनेको छ, अन्य समाजसेवीहरुले जस्तो मिलाएर मिठा कुरा गर्न नजाने पनि समाज सेवा बोलेर होइन गरेर देखाउने गर्दछन् । हरेक मान्छेलाई छिट्टै विश्वास गर्ने र छिट्टै नजिक हुने बानि भएकोले भर्खरका युवा तथा अग्रजहरु समेतले उनलाई मन पराउँछन् ।
२०१५ देखि गैर आवसीय नेपाली संघ जापान नागोया क्षेत्रिय समितिको सदस्य हुँदै एन आर एन ए अभियानमा प्रबेश गरेका उनि २०१७-२०१९ कार्यकालका लागी बर्तमान NCC जापानका क्षेत्रिय उपाध्यक्ष दिपक कार्की सँग प्रतिस्पर्धा हुँदा उनिलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने सहमतिमा संयोजक पद छोडेका थिए तर कार्यकाल सकिन कारीब ६ महिना मात्र बाँकी हुँदा मनोनित गरिएको थियो । वर्तमान कार्यसमिती ९२०१९-२०२१० को लागी पनि युवा संयोजकमा राम थापा अनिल सँग पराजित भएका हुन । हरेक चोटि पदमा बसेर काम गर्ने चाहनालाई गुमाए पनि समाजको कुनै पनि अप्ठ्यारो परिस्थितीमा सबै भन्दा अगाडी रहेर समाज सेवा गरि रहेको हामी सबैले महसु गरेका छौं यस पटक जसरी पनि अधिकारीलाई जिताउनु पर्ने सितलको मत छ ।
अधिकारीले यस पटक २०२१-२०२३ को आगामी निर्बाचनमा पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्बारी रहेकोले सम्पूर्ण जापान बासी नेपालीहरुमा सहयोगको अपिल गरिरहेका छन् । एनआरएनए जापानको ३० जुलाईमा हुने यस चुनावमा ९ हजार ३ सय भोटर छन् ।