
वि सं. २०७६ जेठ महिनाको १ गते । उखरमाउलो गर्मीसंगैे पुन निर्माण प्राधिकरण नुवाकोटमा हाजिर भएं । तोकिएको कार्यालय र समयमा हाजिर हुनु मेरो दायित्व भित्रैको कुरा थियो । छेवैमा बगिरहेको त्रिशुलीको शुष्क हावामा समेत एतिहासिक नगरीले मन मष्तिकमा छुट्टै उत्सुकता थपिरहेको थियो ।
जेष्ठ महिनाको अन्तिम हप्ता । यसपाली मनसुन अलि ढिलै शुरु भएकोले नदीहरुले आफ्नो स्वरुप बदलिसकेका थिएनन । वसन्त सकिएर गष्म ऋतु प्रारम्भ भै सकेको थियो । मुनाहरुले जवानी लिइसकेकाले रुखहरुमा बाक्लै हरियाली देख्न सकिन्थ्यो ।
घुम्नु भनेको फिरन्तेको जस्तै समय कटाउनु मात्रै होइन । त्यसले दिने अभूतपूर्व सन्तुष्टी पनि हो । चिकित्सा विज्ञानले पनि भ्रमण गर्नु भनेको मानिसको रोगहरुको निदान र स्वस्थ जीवनका लागि अनिवार्य सर्त भएको यथार्थतालाई आत्मासात गरेको छ । यसर्थ घुमेर जीवनमा नयाँ अनुभव, उर्जा, उत्साह थप्न सकिने भएकोले बेला बेलामा घुम्नु जरुरी पनि रहेछ ।
पुने हिलको चर्चा परिचर्चा धेरै पहिले देखि सुनिए पनि त्यहां पुग्ने अवसर भने जुरेको थिएन । जहां इच्छा तहां उपाय भने जस्तै त्यो अवसर पनि जुरायौं । यात्रामा , निमित्त कार्यालय प्रमुख विकि लाखा सहित साथीहरु सन्दीप लम्साल, विशाल सापकोटा, सवारी चालक यादव प्रसाद थपलिया र म समेत ५ जना सहभागि भयौंं । हामी विदुरवाट म्याग्दी जिल्लामा अवस्थित पुनेहिल जाने क्रममा त्रिशुली किनारै किनार पृथ्वी राजमार्ग समात्न पुग्यौं ।
राजमार्ग पक्रनु थोरै अघि गल्छि भन्ने स्थानमा महेश खोला आएर त्रिशुलीमा मिसिदोरहेछ । पहिले त्यो महेश खोला गल्छी बाट सोझै त्रिशुलीमा नखसी बैरेनी हुंदै अलि तल गएर त्रिशुलीमा मिसिंदो रहेछ । कप्तान फैदसिंह ,चन्द्र सम्शेरवाट लखेटिए पछि यहि गल्छीमा लुकेर बसेका रहेछन । महेश खोला छेवैको त्रिशुलीमा नखसी फन्को मारेर २ कोष पर बैरनीको पुच्छारमा खसेको देखि यिनलाई टिठ लागेछ । गल्छीको त्यो डांडो एकलै फुटाउन कम्मर कसे । पछि स्थानियले पनि सहयोग दिए पछि महेश खोलाले छेवैको त्रिशुलीमा मिसिने अवसर पाएको रहेछ ।
गल्छी हुंदै गजुरी पुग्दां एक महिना अघि मात्र गजुरी गा पा मा रहि काम गरेको सहयात्रीसंगकोे यादले मलाई त्यहांको भुगर्विय चुम्बकत्वले ताने झैं गरायो । त्यस कार्यालयका जनप्रतिनिधि र कर्मचारी विचको समझदारी उतिकै सम्झन लायक थियो । मलेखु बाट अघि बढ्ने क्रममा बेनिघाट पुग्दा त्रिशुली पारीपटि रहेको पिकनिक स्पोटमा मेरो नजर कता कताबाट पर्न गयो । गएकोे २०७५ माघमा गा पा को सहभागितामा सम्पन्न पिकनिकको सम्झनाले टुटेको स्मृतिलाई पुन जोडिदिएको थियो ।
मलेखुवाट चितवनको भण्डारा निस्कने बाटो सम्पन्नताको क्रममा अघि बढिरहेको जानाकारी पनि मैले त्यतिबेलै पाएंको थिएं ।
त्यसपछि अघि बढ्ने क्रममा हुग्दी पुग्यौंं । यातायात चल्नु अघि यहि स्थानबाट हात्तीवांग ,ज्यानडाला , शक्तिखोर हंदै चितवन निस्कन सकिने रहेछ । त्यो ठाउंवाट थुप्रै पैदल यात्री कामको सिलसिलामा गोर्खा देखि चितवन आउने जाने क्रममा राजमार्ग संगै रहेको नाकै ठोसिने अग्लो डांडो उक्लेर जानु पर्ने रहेछ । ततकालिन समयमा त्यस ठाउं भएर चितवन आउने जाने यात्रीले कसैको घरमा पानी पिए , हरितालको शिकार हुनु पर्नेरहेछ । आफ्नो चिन जान नभएको स्थानमा पानी नपिउन भुक्तभोगीहरुले सोही बाटोमा जम्काभेट हुने जो सुकै यात्रीलाई पनि अथ्र्याउंने गर्थे रे । यसको कारण बुझ्दा कोशौं टाढा पुगेर पानी ल्याउनु पर्ने त्यस ठाउंको दैनिकी पिडादायी नै रहेछ ।
हामीसंगै विदुर देखि पछ्याउंदै आएको त्रिशुलीले पश्चिम दिशाबाट आउंदै गरेको मस्स्यांदीसंग मुग्लिंगमा जम्का भेट हुंदा हाम्रो साथ चटककै छोडेको थियो ।
मन र गाडीका रफ्तार उस्तै उस्तै थियो । गाडी धर्तीमा गुडिरहेको थियो । मन उडेर आकाश मार्ग हुंदै पुनेहिल तर्फ दौडिरहेको थियो । विच विचमा हांसोको आवाज झरनाको फोहरा जस्तै छुटेको थियो । मस्र्यांदीसंग मितेरी लगाएको हावाले मनै देखि चञ्चलता प्रदान गरिरहेको थियो । दायांवायाका डांडा पाखा ,खोला र हरियालीले हाम्रो यात्रालाइ उस्तै रमणिय वनाइरहेको थियो ।
समय विहानको १० बजेको हुंदो हो । पोखरा पुग्नु अघि दमौलीमा खाना खान ओर्लियौं । हाट बजार हेर्न एकजना मात्र नभई जोडी मिलेर (दमली) जाने हुँदा दमौली नामाकरण हुन आएको हो भन्ने कुरा पनि खाना खाने क्रममा यहिंबाट जानाकारी पाएं । यहां देखिने कुहिरोलाई परापूर्वकालका महर्षि ऋषि र सत्यवतीसँग जोडेर हेरिने गरेको धार्मिक किंवदन्तीे बडो चाख लाग्दो रहेछ ।
खाना पछि केहि समय आराम गर्यौं र पोखरा तर्फ हानियौं । पोखरामा अलमल गर्न पर्ने खासै कारण नभएकोले हामी अघि बढि रह्यौं । बेला बेलाका उमंगका उछालाहरुमा हांसोसंगै आतमियता उसै गरि सांटिएको थियो । कहिले खोलाको किनारै किनार , कहिले पहाड काटेर वनाएको विचबाटो त , कहिले नागबेली हुंदैे ,कहिले ठाउं ठाउंका खाल्टाखुल्टीबाट निस्केको धुलोमा गुड्दै लुम्ले भन्ने स्थानमा पुगियो । चिया चमेनाको साथमा केहिबेरको बसाइसंगै मन्दमन्द चिसो हावामा, लुम्लेको हावाले भन्ने गीतको स्मरण पनि गरायो । समुद्र सतह देखि १७४० मी उचाइमा रहेको यो ठाउं नेपालको सबै भन्दा बढि पानी पर्ने ठाउं पनि रहेछ ।
पिच गरिएको चिल्लो बाटोमा भने पानी जहाज जस्तै सलल वगिरहेको भान हुन्थ्यो.। कतै भने उवडखावडको कोक्रो हल्लाइले टाउको र घुंडा जुधाइरहेका हुन्थ्यौं । करिव २ घण्टाको रफ्तार पछि हामी हिड्दै गरेको म्याग्दी जाने बाटोलाई विदाई गर्दे नयां पुलबाट पुनेहिल तर्फ मोडियौं । चियाचमेना लिंदै आधा घण्टाको विश्राम गुजार्यौं र त्यो दिनको वसाई उल्लेरी विताउने गरि कच्ची बाटो समात्यौं ।
पहरातरि हेर्दा पहिरो खस्ने आंशका उस्तै थियो । सडकबाट तल हेरे उस्तै कहालि लाग्दो । झाडी बुट्यनहरु कुपोष्णका शिकारले उचाइ लिन नसकेका जस्ता देखिन्थे । कतै कतै ट्रेकिंग यात्रीकालागि वनाइएका खुड्किला सहितको ब्यवस्थित गोरेटो बाटो देख्न सकिन्थ्यो ।
विरेठांटीबाट घान्द्रुक र पुनेहिल जाने बाटो छुटिदो रहेछ । नयांपुल देखि सुसाइरहेकी मोदी खोलाको सुशेली , विरेठांटीबाट मलिन हुंदै गयो । पुने हिल पुग्नु नै हाम्रो गन्तब्य भएकोले पहाडी कच्चिवाटो हुंदै जसो तसो बेलुका उल्लेरीमा बास बस्न पुग्न सकेकोमा भने संतोष लियौं । सुखानुभुतिबाट पाइने स्मरण भन्दा कच्ची बाटोको यात्रा बढि अविश्मरणीय लाग्दो रहेछ ।
केहि क्षणको विश्राम पछि पुराना पुस्ताले प्रयोग गरेका सामनहरुको झल्को दिने बस्तुहरुको पनि अवलोकन गरियो । आफ्नो पहिचानलाइ टेवा दिन यसै गरी जनस्तरबाटै सक्रियता देखिएमा भावी पुस्ताको लागि पहिचानमा मात्र सिमित नभई पर्यटन क्षेत्रमा समेत थप आकर्षण बढ्न सक्ने देखिन्थ्यो ।
दिनभरीको घामको राप र तापले थकित सुर्य देवता बास स्थानको खोजिमा डांडातिर लम्कदै थिए । यात्रामा देखे भोगेका अनुभवहरु साटा सांट गर्ने क्रममा हाम्रा फेहरिस्त माथि अस्ताउंदो सुर्यले अंकुश लगाउंदै थियो । हामीे भने गफिदै गोधुली सांझ माथि राज जमाउंदै गयौंैंैं । धेरै थाकेर होला , हामी साविक समय भन्दा अलि चांडै निदाएछौ ।
त्यो निद्रा भोक लागेको बेलाको भोजन भन्दा निकै आनन्ददायी थियो । मीठो निद्राको लागि भव्य महल भित्रको आरामदायी विछ्याउना भन्दा प्रकृतिको काखमा निदाउन पाउनुको छुट्टै मज्जा हुंदो रहेछ ।
भोलिपल्ट बिहान साबिक समयभन्दा अलि चाँडै नै उठियो । मनमा एउटा लक्ष्य बोकेर हिँडेपछि सधैं झैं पिरोल्ने निद्राले पनि कहिलेकाहीँ झकझकाउँदो रहेछ । चियाचमेना पछि गन्तब्य तर्फ प्रस्थान गरियो । ठाउं ठाउंमा खोलाको कल कल बगेको पानी र चराचुरुंगीको चिरबिर चिरबिर आवाजले हाम्रो हिडाईमा मनैदेखि उर्जाको संचार थपेकोले थकित महशुस भएन । पुने हिल उल्लेरीबाट ८ कि मि उत्तरमा पर्दोरहेछ । बाटोको विच विचमा केहि होमस्टेहरु पनि देखिए । केहि बन्ने क्रममा थिए ।
तेर्सो तेर्सै बाटो वनजंगलका विच झण्डै ३ घण्टाको रफ्तार पछि विहानको करिव ८ वजे घोरेपानी (२८७४ मी उचाई) भन्ने स्थानमा पुिगयो । घोरेपानीबाट सिधै पुनेहिल तर्फ सिंढीको उकालो चढ्नु पर्नेमा बाटो अल्मलिंदा ओरालो बाटो हुंदै तल पुगिएछ । फर्केर असिनपसिन हुंदै करिव एक घण्टाको उकालो चढियो । वरिपरि स साना बुट्यानले यहांको वनस्पतिको विषेता देखाइरहेको थियो । उचालिएका ति अजंगका हिमालले आकास नै छोएको अनुभुति हुन्थ्यो । वरिपरकिो दृष्य अवलोकन गर्दे लगभग १ घण्टाको हिंडाइ पछि पुनेहिलको टाकुरामा पुगियो र फेदिदेखि लाग्दै आएका थकाइलाइ यहां पुगे पछि ड्राई फुड लिंदै अरु विश्राम लिएम ।
३२१० मि उचाइमा रहेको पुनेहिलको टावरमा चढेर अरु नियालेर हेरेम । हामी उकालो चढिरहंदा हिमालयको दृष्यवलोकनलाई बादलले लगभग छेकिदिएको अवस्था थियो । अन्नुर्ण र धौलागिरी लगायतका १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइनेरहेछ । विहानको घाम संगै खुलेर हांसि रहेका देख्न सकिने यी मनोरम दृष्य बाटो अल्मलिंदाको ढिलाइले गर्दा हाम्रो सँम्पुर्ण प्रयास अधुरो रह्योे । नुन नराखेको तरकारी जस्तै यात्राले हामीलाई अनिलो अनुभुति गरायोे । नहारी जित्न सकिन्न, नलडी उठ्न सकिन्न भन्ने आदर्श वाक्यलाई गतिलो पाठका रुपमा आत्मासात गर्यौं ।
यहांको दृष्यवलोकन लागि विहान ८ बजे अघिेको समय उपयुक्त रहेछ । यात्रा अधुरै रहेकोले पुरा हुन नपाएको अभिलाषालाई आगामी दिनमा घोरेपानी मै वास वसी विहानैको उदाउंदो सुर्य संगै पुनेहिलको टावरबाट रमणिय हिमालको पुरै धित मार्ने गर्ने विचार गरेको छु । असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको अवलोकनको लागि उपयुक्त समय रहेछ भन्ने थाहा पाएं ।
यहां स्वदेशी भन्दा विदेशी पर्यटक बढि पुग्ने रहेछन । पछिल्लो समय भने नेपाली युवाहरुको पनि बाक्लै उपस्थििति देख्न सकिने रहेछ । पुनेहिल भ्रमणका लागि आउने पर्यटक विहानै सुर्यदयको अवलोकनको लागि घोडेपानीमा रात बिताउंदा सहज हुने देखियो । पर्यटकीय मौसममा भने यहांका होटलमा बास बस्न अभाव हुन सक्ने हुंदा स्तरिय होटलको लागि अग्रिम बुकिंग गरेर मात्र बासको सुनिष्चिता गर्न सकिने रहेछ ।
आँखै अगाडी हिमश्रृखंला देखिनु पुनेहिलकोे महत्वपूर्ण विशेषता नै रहेछ । लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी हिमालको साथै सुर्योदय र सुर्यस्तको अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन पाउनु पुनेहिल क्षेत्रको आकर्षण रहेछ । नेपालमा पाइने विभिन्न प्रजातिका गुरांस मध्ये यहांको जंगलमा मात्र ८ भन्दा बढि प्रजातिका गुंरास देख्न पाइने रहेछ । हामी भने गुरांस फुल्ने समय गुजारेर गएकोले यसको सौन्दर्यतावाट पनि विमुख रह्यौं ।
भोजन मिले पनि सन्तुष्टी नमिले झैं अमिलो मन बनाउंदै आधा घण्टाको समयमा तल घोरेपानी झर्यौं । खाना खाइवरी थोरै विश्राम पछि टहलिंदै उही उल्लेरी वास स्थान तर्फ फर्कियौंैं । त्यहांबाट आ आफ्नो सामनको बन्दोवस्त पछि नुवाकोट फर्कने क्रममा त्यस्तै १ बजेतिर यात्रा अगाडि बढायौं । विहान भरीको पुने हिलको उकाली ओराली चढ्दा र ओर्लिदाको थकाई । शरीर थाके पनि मनबाट खुसी सबैले देखाउँदै थिए । यात्राको क्रममा गाडीमा पटक पटक गरि करिव १ घण्टा जति नै निदाइयो होला ।
सबेरै उदाउंदो सुर्यसंगै हिमालयको दृष्यावलोकन गर्ने गरि अष्ट्रेलियन बेश क्याम्पबाट हिमालहरु चुम्ने अभिलाषले हामी त्यो दिन धम्पुस भन्ने स्थानमा बासको ब्यवस्था गर्न तिर लाग्यौं ।
अष्ट्रेलियन क्याम्पको नामले चिनिनु अघि यसठाउंलाइ ठुलो खर्क भनिदो रहेछ । जहां ठुलो संख्यामा गाइ बस्तुको चरन क्षेत्र रहेछ । ट्रेकिंगको क्रममा यहांबाट देखिने मोहक हिमालहरुको दृष्यिबाट मोहित भएर अष्ट्रिलियनहरु क्याम्प नै खडा गरेर बस्न थालेछन र जन बोलिमा यो ठाउं अष्ट्रेलियन बेशक्याम्पको नामले नै परिचित भएछ । धम्पुसबाट ४.७ कि मि दुरीमा रहेको यो क्याम्प समुद्र सतहबाट २१६०मी. उचाइमा अवस्थित रहेछ ।
विहान ४ बजे नै उठेर क्याम्पतिर हानियौं । मान्छे चिन्न नसक्ने बाक्लै अध्यांरो थियो ,हाम्रो गन्तब्यमा । जंगलै जंगलको विचको केही तर्सो र उकालोको डेढ दुई घण्टाको हिंडाई पछि सुर्यदय पुर्व नै अष्ट्रेलियन बेश क्याम्प पुगियो । जहांबाट अन्नपुर्ण दक्षिण (७२१९मी) ,हिउंचुली(६४४०मी), माछापुच्छ्रे(६९९३मी) र लम्जुंग हिमालको दृष्यावलोकन गर्न सकिने रहेछ । उदाउंदो सुर्यको किरणमा हिमाल उस्तै सुनको दांत देखाएर फिस्स हांसे झैं मोहक देखिन्थ्यो । नयन अगाडि दन्तै लहर झैं मिलेका हिमश्रृङ्खलासँग नजर जुधाउदा कम्ति रमाइलो लाग्दोे रहेनछ । धार्मिक पुस्तकमा ब्यख्या गरेका स्वर्ग मत्र्य आदि सबैको श्रोत नै रहेछ जस्तो लाग्यो । चिसोे हावामा शरिरले न्यानो अनुभुति खोजिरहेकोले तातो कफि लियौं र केहिबेरको अवलोकन पछि बास स्थान तिर मोडियौं ।
धम्पुसमा खाजा नास्ता पछि पोखरा हानिएम । करिव एक घण्टाको कुदाई पछि पोखरा पुगियो र विहानको खाना विमानस्थल अगाडि रहेको थकाली होटलमा लियौं ।
थोरै विश्राम पछि अलमल नगरी सरांगकोटतिर हानियौं । यो ठाउं लेक साइड पोखराबाट जम्मा ५ कि मि दुरीमा १५९२ मि अग्लो ठाउंमा अवस्थित रहेछ । विशेषत विहान र बेलुकीको सुर्य उदय र सुर्यास्तको लागि ख्याति कमाएको यो ठाउंबाट पोखरा बजार र फेवातालको रमणिय स्थानको साथै अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्े, लमजुङ, हिमचुलीसहितका दर्जनौं हिमश्रृङ्खलाको दृस्यावलोकन गर्न सकिने रहेछ । प्यारा ग्लाइडिंग गर्नेहरुको पनि बाक्लै उपस्थििति हुने देखियों । सिर सिर मनोरम हावाको मिठास उस्तै । वरिपरि देखिएका हिमश्रृंखलाई क्यामरा भित्र कैद गर्र्देे करिव एक घण्टाको समय आरामका साथ वितायौंं ।
पोखरा भ्रमण जांदा संरागकोट पुग्ने हामी जस्तै सायदै सबैको चाहना रहने कसको पो नहोला र ।
सरांगकोट घुमाइ पछि यात्रा छोट्याउने क्रममा नुवाकोट तिर फिर्ती हुंदै थियौं । बाटै नगिच पर्ने बेगनास तालको जति चर्चा भए पनि मनको कुरा मन मै सिमित रह्यो । समय अभावले तालको मनोरमतालाई चुम्वन गर्न सकिएन । सरासर अघि बढ्यौं । बाटोमा देखिएका हरियाली वन जंगल ,खोलानाला नै हाम्रा लागि मन विसौनी भए । थोरै थोरै बहंदो हावाले गर्मी मौसममा सितलताको अनुभति दिइरहेको थियो । फेरि पनि यसै गरि भेट हुने अवसर मिलोस भनेर रुखका पातहरु उसै गरि हात हल्लाई रहेका थिए । थकाइको निरन्तरताले विच विचमा आंखाका ढकनीहरु खुल्ने वन्द हुने क्रम पहिले झैं जारी नै थियो ।
पोखराबाट ४९ कि मि को लामो दुरी पार गर्दे आंखाको दौडाइ संगै गफैगफमा तनहुंको दमौली स्थित ब्यास गुफा नजिकै आइ पुगिसकिएछ । ब्यासको दर्शन नगरे यात्रा अरु खल्लोे लाग्ने हुंदा हामी उनको आश्रमतिर लाग्यौं । राजमार्गबाट ७५० मी दक्षिण , सेति र मादी नदीको संगम स्थल नजिकै पुर्वी किनारमा अवस्थित रहेछ ।
जो यात्रा गर्दछन् तिनीहरुमा जिवन र प्रकृतिसंग आत्मीय सम्बन्ध रहंदो रहेछ । तिनका लागि यात्राले जीवन भोगाइका सङ्गालो बनाइदिंदो रहेछ । क्यामराभित्र त्यसका चित्रहरु मात्र कैद हुने हैनन् ,जीवनरुपी एल्वमको पाना भित्र स्मरणका सुखद अनुभुतिको चित्र पनि कोरीदोे रहेछ । जीवनलाइ बुझ्न ,जीवनरुपी धरतीको उकाली ओरालीसंग अभ्यस्त हुन प्रकृतिसंग पनि प्रमीलन गर्नै पर्दो रहेछ ।
वाल्मिकि आश्रमको दर्शन गरि फर्कदा दिनको त्यस्तै ४ बजेको हंदो हो । वटुवाहरु गन्तब्यतिर लागे जस्तै घाम पनि सितलताको छहारी खोज्दै आरोलो लाग्दै थियो । हामी सुर्य उन्मुख विपरित दिशातिर घुइकिरहेका थियौं । केहि समय हामी संगै आएकी मस्र्यांदीलाइ मुगलिंगमै छाडेर अब हामी त्रिशली वहाईको विपरित दिशा तिर हुइंकिन थाल्यौं । याने गन्तब्यतिर अगाडी बढ्दै थियौं । बेलुकी ६ बजेतिर विदुर पुग्यौं । यात्रामा साथ दिने सबैलाइ आभार ब्यक्त गर्यौं । साथै ब्यवस्थापनमा आवस्यक सहयोग गरिदिने कार्यालय प्रमुख विकि लाखा प्रति पनि आभारी भयौं ।