गल्छीको मछेडी खोलाबाट चरेस सहित एक जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १, २०७८

धादिङ साउन १ । धादिङको गल्छी गाउंपालिका ७ स्थित मछेडी खोला सडक खण्डमा २ केजी चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहि जिल्ला सिद्दार्थ गाउंपालिका १ बस्ने बर्ष २४ को सागर रानमगरलाई सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा निजले भिरेको कालो झोलामा २ केजी चरेस सहित सिम्ले र गल्छीबाट खटिएको प्रहरी पक्राउ टोलीले गरेको हो ।

शुक्रबार बिहान १० बजे बरामद गरिएको चरेश र रानमगरलाई थप अनुसन्धानको गजुरी ल्याईएको छ । फाईल तस्वीर