
धादिङ असार ३० । नेपाल तेक्वान्दो संघ धादिङको विशेष अधिवेशनले प्रदिप गिरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
नव गठित कार्य समितिको उपाध्यक्षमाद्वय दिनेश थापामगर र सम्झना भण्डारी, सचिवमा रविन्द्र कुमार भुजेल, कोषाध्यक्षमा डेनिड विक, सह कोषध्यक्षमा गौतम श्रेष्ठ र सदस्यहरुमा संजिव भुजेल, दिलिप रेग्मी, कृष्ण भुजेल रहेका छन् ।
उक्त विशेष अधिवेशनका प्रमुख अथिति एवम् जिल्ला ब्याडमिन्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले धादिङमा तेक्वान्दो खेल प्रति आकर्षणलाई बढ्दै गएको र यस कार्यसमितिले अनुशासन सहितको खेलाडी उत्पादन गर्ने तर्फ विशेष जोड दिनु पर्ने बताउनु भएको थियो ।
तेक्वान्दो खेल प्रशिक्षक रमेशमान तुलाधरको सभापतित्वमा सम्पन्न विशेष भेलामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का सदस्यहरु गोपी कृष्ण भण्डारी, चिना श्रेष्ठ, रोटरी क्लव अफ धादिङका नविन कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
