हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या

Avatar photo
Dhadingpost
बिहिबार, असार २४, २०७८

एजेन्सी असार २४ । हाइटीका राष्ट्रपति जोभनेल मोइजको उनकै निवासमा हत्या भएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक वक्तव्य जारी गर्दै मोइज हतियारधारीको आक्रमणमा बुधबार हत्याभएको बताएका हुन् ।

५३ वर्षीय जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए ।