मलेखु टिचिङ हस्पिटलले जनकल्याण सहकारी सदस्यलाई उपचारमा छुट दिने

Avatar photo
दिपेश कडेल
मङ्लबार, असार २२, २०७८

धादिङ असार २२ । गजुरी गाउँपालिका मलेखुमा रहेको मलेखु टिचिङ हस्पिटलले जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका सेयर धनीहरुलाई उपचारमा सहुलियत दिने भएको छ ।

जनकल्याण वचत तथा ऋण सहकारी र मलेखु टिचिङ हस्पिटल बीच संझौता भए सँगै उक्त सहकारीका सेयर धनीहरुले ओेपीडी टिकटमा ५० रुपैयाँ छुट, ल्याब परिक्षणमा १५% छुट, होलबडी चेक जाँचमा २५% छुट साथै औषधीमा ७% छुट पाउने भएका हुन् ।

मलेखु टिचिङ हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निराजन कडेल र डा. राजन घिमिरे साथै जनकल्याण वचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष देवप्रसाद त्रिपाठी वरिष्ठ उपाध्यक्ष गिरिराज कडेल सचिव रामजी प्रसाद सिल्वाल कोषाध्यक्ष इन्द्रकुमार त्रिपाठी लगायतका पदाधिकारीले हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।