तीन पंचाङ्ग

Avatar photo
Dhadingpost
शुक्रबार, असार १८, २०७८

विवाह गर्न मन छ सुन सारी चाहिन्छ
एउटी असल पत्नी मनकारी चाहिन्छ
जिन्दगी ज्युन अक्कर छ घुम्ती ओरालीमा
दैनिकी चल्न घर खेत र बारी चाहिन्छ
ठुलेको स्वास्नी चोरौं हजार जारी चाहिन्छ

    (१) 

मान्छे अरुको प्रगतिमा हुरहुरी जल्छ
सफलताले रोजेर उच्च सिंडीमा चल्छ
ऐश्वर्य जिन्दगी हो सन्तोषको मार्ग खोजौं
अभिमानको सतिसाल निमेषमा ढल्छ
आखिर उही त खरानी हुने गरी बल्छ

      (२) 

मनोरञ्जन
पारखीलाई रोपाइँ निउ देखियो
खाजा खाँदा दही केरा चिउरा आँप घिउ देखियो
हाम्रो मौलिक परम्परा जगेर्ना भो खेतालाका हातमा दुई/चार गाँज बिउ देखियो
मेलो खै कति सर्‍यो हिलाम्मे सर्वाङ्ग जिउ देखियो

   (३) 

हाम्रो मौलिक परम्परा असार पन्ध्र जगेर्ना भो /
हुनुपर्नेमा अन्यथा भएकोले सच्याउनु पर्ने हुन्छ

गङ्गार्जुन रिमाल
नीलकण्ठ – ५ धादिङ
हाल : कावासोती – १६ , नवलपुर