गल्छीको महांकाल डेरी उद्योगलाई कार्वाही

Avatar photo
Dhadingpost
मङ्लबार, असार १५, २०७८

धादिङ असार १५ । मापदण्ड विपरित संचालन गरेको भन्दै बजार अनुगमन टोलीले गल्छी गाउँपालिका गल्छीमा रहेको महांकाल डेरी उद्योगलाई कार्वाही गरेको छ ।

जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री राखेको, उत्पादन तथा प्रशोधन स्थलमा फोहोर भएको, कामदारले कोभिड-१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र यस अघि अनुगमन टोलीले दिएको निर्देशन पुरा नगरेको भन्दै सोमबार कार्वाही स्वरुप १० हजार जरिवाना गरेको हो ।