युरोकपः हार सँगै बाहिरियो पोर्चुगल

Avatar photo
Dhadingpost
सोमवार, असार १४, २०७८

एजेन्सी असार १४ । युरोपेली च्याम्पियनसिप २०२० को प्रि-क्वाटरफाइनलमा बेल्जियम सँग पराजित भए सँगै रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा थोर्गन हाजार्डले पोर्चुथल विरुद्ध गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै क्वाटरफाइनल प्रवेस गरेको छ ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । निर्णयक बनेको यस गोल कै कारण पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो ।