युरोकपः आज बेल्जियम र पोर्चुगल भिड्दै

Avatar photo
दिपेश कडेल
आइतवार, असार १३, २०७८

एजेन्सी असार १३ । युरोकप अन्तरगतको प्रि–क्वाटरफाइनल अर्थात नकआउट चरणको खेल सुरुभए सँगै आज राति १२ः४५ बजे बेल्जियम र पोर्चुगल भिड्ने भएका छन् ।

युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज पहिलो खेल नेदरल्यान्ड्स र चेक रिपब्लिक र दोस्रो खेल बेल्जियम र पोर्चुगल बीच हुने भएको हो ।

विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जिया साविक विजेता पोर्चुगलको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पोर्चुगललाई हराउन बेल्जियमलाई त्यति सहज हुनेछैन ।

बेल्जियमका लागि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको लय टाउको दुखाई बन्न सक्छ । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ ।

पछिल्लो पाँच खेलको नतिजाले पनि प्रस्ट पार्दछ । पछिल्लो पाँच खेलमा बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । बेल्जियम रोनाल्डो र पोर्चुगलको लयलाई रोक्दै पछिल्लो पाँच खेलमा नपाएको जित निकाल्ने लक्ष्यमा हुनेछ । केभिन डि ब्रुएनको आगमनले बेल्जियम झन बलियो देखिएको छ ।

आक्रमणमा रोमेलु लुकाकु रहँदा कप्तान इडेन हाजार्ड, जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन् ।

यस्तै पोर्चुगलबाट कप्तान रोनाल्डोसँगै डिएगो जोटा, रेनाटो सान्चेज, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे र गोलरक्षक रुई प्याट्रिसियो टोलीमा रहँदा चोटका कारण नेल्सन सेमेडोले खेल्ने सम्भावना न्युन छ ।