वन कार्यालय धादिङद्वारा विरुवा नि:शुल्क वितरण सुरु

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८

धादिङ असार १० । डिभिजन वन कार्यालय धादिङदे आजबाट नि:शुल्क विरुवा वितरण गर्न थालेको छ ।

डिभिजन नर्सरी धादिङबेसी, नीलकण्ठ सव डिभिजन नर्सरी धादिङबेसी र बेनीघाट सव डिभिजन नर्सरीमा विशालटारमा रहेका वनजन्य ९८ हजार र फलफूल जन्य २८ हजार ३०० विरुवा नि:शुल्क वितरण हुन थालेको सूचना अधिकारी देवी प्रसाद पौडेलले बताउनु भयो ।

वनजन्य विरुमा हर्रो, मेन्दोला, खयर, सिसौं, चिउरी, लप्सी, टाँकी, भुजेत्रो, इपिल इपिल, निमारो, चाँप, रिठ्ठा, खोटे सल्ला, धुपि, कल्कि, मसला, कपुर र फलफुल जन्य विरुवामा कागती, अम्बा, अमला, कटहर, लप्सी, चिउरी रहेको छ ।

कुन विरुवा कति वितरण हुँदै