आजैका दिन धादिङका डम्बर श्रेष्ठ सहित रवि बोगटी र बिमल घलेलाई, सेनाले यसरी हत्या गरेको थियो

Avatar photo
नारायण सिलवाल
सोमवार, असार ७, २०७८

धादिङ असार ७ । जनयुद्धका दुई संचारकर्मी धादिङ खाल्टेका डम्बर श्रेष्ठ, नुवाकोटका रवि बोगटी र जनयुद्धका कलाकार विमल घलेलाई तात्कालिन शाही सेनाले धादिङको बच्छलामा माविमा हत्या गरेको आज १९ वर्ष पुगेको छ ।

पुर्व जनमुक्ति सेना जितेन्द्र तामाङको स्मरणमा यी तीन जना योद्धाको सहदत पूर्ण घटना जानकारी

धादिङबेसीबाट उत्तरी धादिङ क्षेत्रमा प्रवेश गर्ने नाकामा एम्बुसको लागि म लगायत केहि साथीहरु लाग्यौं । केही साथीहरु किम्ताङ फेदी र म मार्पाक तिर लागे ।

जिल्लाको प्रकाशन आँखु सन्देश पत्रिकाको तयरीमा कमरेड अनन्त र डम्बर लाग्नु भयो । कलाकार टिम बर्सुङ्चेत तिर थिए । हामीलाई झुक्याएर सेनाले मुभ नुवाकोटबाट प्रवेस गरेछ ।

हाम्रो अनुमान यो टोली धादिङ प्रवेश गर्दैनन् होला भन्ने थियो । LRP (लाङ रेन्ज पट्रोल) जस्तो थिएन SRP (सर्ट रेन्ज पट्रोल) खालको देखिन्थ्यो । त्यसो हुँदा किम्ताङबाट नै फर्कन्छ भन्ने अनुमान भयो ।

कमरेड अनन्त र डम्बरलाई सेनाको मुभ राम्रो जानकारी भएन छ । बिजुली र कम्प्युटरको ब्यवस्था बच्छलामा थियो दुबैजना प्रकाशनको काममा ब्यस्त थिए ।

वर्षाको समय राति नै सेना स्थानीय सुराकीको माध्यमबाट सत्यदेबी प्रवेश गरेर मकैबारीमा लुकेर बसेर बच्छ्लाको रिपोर्ट लिएर बिहानको ८–९ बाजे तिर सबै तिर सत्यदेबीको बच्छ्ला सबै घेराबन्दी गरेर कमरेड अनन्त र डम्बरलाई प्रकाशनको सामग्री सहित कब्जामा लिएछ ।

त्यसैबेला कलाकार टिम कमाण्डर बिमल काठमाडौंमा चलिरहेको सार्क राष्ट्रहरुको खेलकुद प्रत्यक्ष प्रसारण हेर्न बच्छ्ला बजारमा पुग्नु भएछ । घेराबन्दी गरेको सेना देख्नासाथ उहाँ भाग्न खोज्दा खुट्टामा गोली लागेछ र शाही सेना मुर्दावाद ने क पा (माओवादी) जिन्दावाद भन्दै नारा लगाउनु भएछ । त्यसपछि उहाँलाई पनि नियन्त्रणमा लिएर बर्बरता पुर्वक यातना दिन थालेछ । बिहानको १०–११ बजे तिर खबर प्राप्त भयो ।

गिरफ्तार पछि तिनै जनालाई क्रुर आमनबिय यातना दिदै बच्छला स्कुलमा लगेछ, अत्म समर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँ तिनै जनाले मान्नु भएनछ र अन्ततः चरम क्रूर यातना दिएर दिउँसो १२ बजे तिर स्कुल जस्तो ठाउँमा छात्तीमा गोली हानेर हत्या गरेर शवलाई स्कुल पछाडीको जंगलमा घिसार्दै लगेर अलि अलि छोपछाप गरेर छोडेछ । ३ क्रान्तिकारी योद्धा, जनाताको सिपाहीहरुको हत्या पछि शाही सेनाको जत्था फर्किए पछि हामी पुगेर हँसिया हथौड़ा अंकित झन्डा ओढाएर विधि पुर्बक ३ योद्धाहरुको अन्तिम बिदाइ गरियो ।

सहिद डम्बर श्रेष्ठको राजनीतिक यात्रा र पारिवारिक पृष्ठभुमी

धादिङको नीलकण्ठ नगरपालिका साविकको खाल्टे गा.वि.स. वडा न. ६ फ्याक्सेमा पिता वाल कृष्ण श्रेष्ठ र माता शन्त मायाँ श्रेष्ठबाट वि.स. २०२४ साल श्रावण ३२ गतेका दिन पाचौं सन्तानको रुपमा डम्बर श्रेष्ठ क. ज्वाला जन्मनु भयो । उहाँको तीन दाजुहरु रेवती, अजित, रामेश्वर र एक दिदी जोगमाया हुनुहुन्छ । उहाँले लक्ष्मी श्रेष्ठ संग विवाह गर्नु भयो । उहाँको स्मृति श्रेष्ठ, र प्रकृती श्रेष्ठ दुई छोरी मध्ये एउटी छोरी पुर्ण शारिरीक अपाङ्गता हुनुहुन्छ ।

ज्वालाले गाउँकै कालिका प्रा.वि.बाट ५, पञ्चकन्या मा.वि.बाट ८ र एस.एल.सि सम्माको अध्यन भैरवी मा.वि सुनौला बजारबाट गर्नु भएको थियो । उच्चा शिक्षा त्रिभुवन विश्वविद्यालय विए.र वि.एल गर्नु भयो । सानै देखि नरम मिलनसार कसैलाई पनि मन नदुखाइ कुरा गर्ने ज्वाला निकै मिठास स्वभाव को हुनुहुन्थ्यो । ज्वालाले फ्याक्सेको विद्यालाय संचालनमा निकै ठूलो योग्दान गर्नु भयो ।

उहाँ रेडक्रस जिल्ला सदस्य भएर काम गर्नु भयो । फ्याक्सेको खानेपानी योजना ल्याउनको लागी उहाँको निकै महत्वपूर्ण भुमिका रहेको स्थानीयहरु बताउनँछन् । विद्यार्थी काल देखिनै राजनितिमा लगाव राख्ने ज्वाला २०४० सालको एस.एल.सि संगै राजनितिमा सक्रिय बन्नु भयो । उहाँले २०४० साल देखिनै शिक्षक पेशा प्र.अ. पनि हुनुभयो र सिक्षक संगठनमा आवद्ध हुनुभयो । संकटकाल पछि उहाँले शिक्षक पेसा छाडेर वि.स. २०५८ साल फागुन १३ गते बाट पुर्णकालिन हुनुभयो ।

वि.स.२०४२ मा पार्टी सदस्यता पाएका ज्वाला पुर्णकालिन लगतै जिल्ला पार्टि सदस्य र आखुसन्देश पत्रिकाको सह सम्पादक वि.स.२०५९ सालमा बन्नु भयो । ज्वाला धदिङ्ले आफ्नो मुखपत्र आखुसन्देश पत्रिका निकाल्ने निर्णय गरेपछि अनन्त र उहाँ त्यसको जिम्वारी लिएर धादिङ्ग कै सत्यादेवि गा.वि.सको बजार नजिक रिजाल गाउँमा बस्नु भयो । असार २ गते नुवाकोटको मत्स्य विकास केन्द्र सेवोटेज गरिएको थियो । सेनाले निरन्तर सुराकी र पिछा गरिरहेको रहेछ । त्यसै क्रममा रिजाल गाउँमा विहान पत्रिकाकै काम गर्दै हुनुहुन्थ्यो । एक्कासि उहाँहरु बसेको घर स्थानिय सुराकी मार्फत घेरा हाली दुबै जनालाई गिरफ्तार गरियो र वच्छला मा.बि.गोली हानी हत्या गरेर स्कुल पछाडी जंगलमा लगेर छाडेको थियो ।