जर्मनीको पोर्चुगल विरुद्ध सानदार जित

Avatar photo
दिपेश कडेल
आइतवार, असार ६, २०७८

काठमाडौं असार ६ । जारी युरो कप अन्तरगत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । जर्मनीले ४-२ गोलको फराकिलो गोल अन्तरले जित दर्ता गराएको हो ।

यस्तो थियो खेल

१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलले पोर्चगलका समर्थकहरुलाई हौसला दियो । यो खुसी पोर्चगललाई ३५ औं मिनेटमा जर्मनीको गोल भए सँगै ब्रेक लाग्न पुग्यो । ३५ औं मिनेटमा रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमा नै ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै जर्मनीका लागि ३-१ को स्कोर बनाए ।
यस्तै ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४(१ को अग्रता दिलाए । ६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाए देखाएपनि यस खेलको लागि यो नी पोर्चुगलको अन्तिम गोल हुन पुग्यो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।