एड्भान्स एकेडेमीमा नेपाली सेनाका छोरा छोरीहरुलाई नि:शुल्क भर्ना गर्ने बारे सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, असार ४, २०७८

धादिङबेसी स्थित पुछारबजारमा रहेको यस एड्भान्स एकेडेमीमा बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवारका छोरा छोरीहरुलाई नि:शुल्क पठनपाठन गराईने हुँदा यो सूचना जारी गरिएको छ ।

धादिङ जिल्ला स्थायी ठेगाना भएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलदर्जाका सैैनिकका छोराछोरीलाई कक्षा ६ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन EMPANELLED SCHOOL को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट यस एड्भान्स एकेडेमी पनि छनौट भएको जानकारी गराउँदै चालु शैक्षिक सत्र २०७८ का लागि यस एड्भान्स एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखी करणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदनफारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०७८ असार २५ गते शुक्रबार भित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।

प्रावधानहरु:
१. यस वर्ष कक्षा ६, ७, ८, ९ र ११ को लागि आवेदनलिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।
२. आवेदनफारम एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
३. आवेदनका साथ पेश गर्नुपर्ने आवश्यककागजातहरु:

  • विद्यार्थीको कक्षा ५, ६, ७, ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि २ प्रति
  • विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि २ प्रति
  • विद्यार्थीको पासपोर्ट साइजको फोटो २ प्रति
  • बहालवाला सैनिकको हकमा परिचयपत्र २ प्रति
  • भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि २ प्रति
  • सैनिक व्यक्ति स्वयं फारम भर्न यस विद्यालयमा उपस्थित हुन नसकेमा (निवेदनको ढाँचा याहाँबाट डाउनलोड गरी) कार्यरत यूनिटबाटै फारम भरी हस्ताक्षर गरेर तोकिएको कागजपत्रहरु info@advanceacademy.com.np मा इमेल गरी पठाउन सकिनेछ ।

थप जानकारीका लागि सम्पर्क व्यक्तिहरु:
भिमबहादुर श्रेष्ठ, प्रिन्सिपल, ९८५११७०७८३
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यालय, धादिङ, फोन नं. ०१०–५२१३५७