
अधुरै रहे समयपरान्त
तिम्रा असीमित रहरहरु,
शुन्य लाग्यो गणेश हिमाल
अनि बुढीगण्डकीको लहरहरु ,
सोद्धै थिएँ तिम्रो बारे गाउँ अनि शहरहरु ।।
भन्दै थियौ एकछिन अघि
स्वर्ग रैछ आफ्नै ठाँउ,
मृत्युसँग हार्यौ तिमी
मेटाईदियौ आफ्नै नाउँ,
हेर्दै तिम्रो बन्द आँखा रुँदै थिए तिम्रो गाउँ ।।
चुनौती गर्दै थियो घडीको सुईले
रोकिँदा तिम्रो धड्कन अनि सास ।
आँखा खोलेर जवाफ दिन्छौं झैँ लागेको थियो
अपशोच, हँसिलो मुहार त बनिसकेछ केवल लास ।।
नियति र समयसँग जुध्न असमर्थ रहेछ भौतिक शरीर
तिम्रो मृत्युले गरायो बस् यही आभास ।।
सुप्रभा अधिकारी
नीलकण्ठ नगरपालिका १२ धादिङ