रोटरी क्लवद्वारा धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७८

धादिङ जेष्ठ ३० । रोटरी क्लव अफ धादिङले धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पताललाई भेन्टिलेटर सहित ६५ लाख बराबरको विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

रोटरी क्लव अफ धादिङका संस्थापक अध्यक्ष ध्रुवबहादुर थापा, बर्तमान अध्यक्ष कृष्णलाल उप्रेती, रोटरियहरु भिम श्रेष्ठ, रोहित भण्डारी, रामचन्द्र गिरी लगायतले आईतबार उक्त स्वास्थ्य उपकरण सहितको सामाग्री जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेसु त्रिभुवन झालाई हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लव धादिङलाई ६५ लाखको सामाग्री सहयोग प्रदानको लागि आर्थिक व्यवस्थापनमा विशेष सहयोग गर्ने रोटरी क्लब होनोलुलु सनसेट युएसएका अध्यक्ष ढोलाका अर्जुन अर्याल (हाल: अमेरिका), परियोजना डिजाइनर इन्जिनियर रोटरीयन गुणेश्वर महतो र रोटरी क्लब नारायणगढ भएको धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीले बताउनु भयो ।

जिल्ला अस्पताल धादिङलाई रोटरीले प्रदान गरेको यी हुन् ६५ लाख बराबरको सामाग्री

शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आई रहेको रोटरी क्लव आफ धादिङले यस अघि पनि जिल्ला अस्पताल, विद्यालयहरुलाई सहयोग गरेको थियो । यहि क्रममा दुई वटा विद्यालयको भवन समेत रोटरीले निमार्ण गरि दिएको थियो ।