
उर्लिएको कर्णाली, मेरो मनको पिर उस्तै-उस्तै लाग्छ
आमा बिनाको घर, भगवान बिनाको मन्दिर उस्तै-उस्तै लाग्छ
नखाउँ त दिनभरको सिकार, खाउँ त खै के भनेझैँ
घाटका माझी अनि मास्टरी जागिर उस्तै-उस्तै लाग्छ
नसम्झेको दिन छैन, बिर्सेंको नि रात छैन प्रिय
जिन्दगी, मदिरा र तिम्रो याद आखिर उस्तै-उस्तै लाग्छ
-सुरेश अर्याल