धादिङको ग्रामिण कृषिमा अब्बल बन्दै, बडहरे नमूना पशु-पन्छी तथा कृषि समुह

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २१, २०७८

धादिङ जेष्ठ २१ । धादिङको ग्रामिण कृषिमा अब्बल बन्दै गएको देख्न सकिन्छ बडहरे नमूना पशु-पन्छी तथा कृषि समुह ।

त्रिपुरासुन्दरी गाउँपालिका ७ मा रहेको यस कृषि समुहमा इजरायलबाट ११ महिने कृषि तालिम लिएका युवा सहित ११ जना छन् । यी युवा कृषक मिलेर संचालनमा आएको बडहरे नमूना पशु-पन्छी तथा कृषि समूह अहिले अब्बल बन्दै गएको देखिन्छ ।

गत वर्ष अशिना पानीले ठुलो घाटा व्यहोरेको यस समुहका युवा कृषि उद्यमीहरुले कत्ति पनि हरेस खाएनन् र आफ्नो आधुनकि तरकारी खेतीलाई जारी राखे । हाल साना ठुला गरी ६० वटा टनेलमा तरकारी खेती गरि रहेको राजन खड्का बताउनु हुन्छ ।

”YOUNG FARMER”
”कृषि आत्मसम्मान रोजगारी सिर्जना”
मुल नाराको साथ कृषि पेशालाई आधुनिकीकरण गर्दै मौसमी तथा बेमौसमी खेती गर्दै आएका छौं यसले स्थानीय स्तरमा रोजगारी समेत प्रदान गरेको समुहका अध्यक्ष नारायण खड्का बताउनु हुन्छ ।