धादिङमा आज ७० जना संक्रमित थपिए, ३ जनाकोे मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३, २०७८

धादिङ जेष्ठ ३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्य भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज नीलकण्ठ नगरपालिकामा ४७, धुनीबेसी नगरपालिकामा २ र त्रिपुरासुन्दरीमा १ र जिल्ला बाहिर २० जना सहित ७० जनामा कोरोना पुष्टि भएको हो ।

आजै नीलकण्ठमा १ पुरुष, सिद्धलेकमा १ महिला र बेनिघाट रोराङ्गमा १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ र यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । आज डिस्चार्ज हुनेको संख्या आज १० रहेको छ ।

जिल्ला भित्र ७८० र जिल्ला बाहिर २८७ गरेर जिल्लाको सक्रिय केस १हजार ६७ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २५, संस्थागत आइसोलेसनमा गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, बेनिघाट रोराङ्गमा ८, रुबीभ्यालिमा २, धुनीबेसिमा १ र गजुरीमा ९ रहेका छन् भने होम आइसोलेसन मा ७३० जना रहेका छन । त्यसैगरी जिल्ला बाहिर हस्पिटल र संस्थागत आइसोलेसनमा २४ जना रहेका छन् भने होम आइसोलेसनमा २६३ जना रहेका छन् ।

आज त्रिपुरासुन्दरीमा ७०, गंगाजमुनामा २१, नेत्रवाती डवजोङमा ३, थाक्रेमा १२ र धादिङ्ग अस्पतालमा ६० जनाको स्वाब संकलन भएको छ ।