
धादिङ जेष्ठ ३ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित गजुरी छाप निवासी ४० वर्षिय रेणुका मगरको कोरोना संक्रमणको कारण मृत्यू भएको छ ।
वडा अध्यक्ष टिका प्रसाद थपलियाका अनुसार ४० वर्षिय रेणुका मगरको काठमाडौंमा उपचारको क्रममा आईतबार बेलुका ९ बजे मृत्यु भएको हो ।
यो सँगै धादिङमा कोरोनाको कारण मृत्यू हुनेको संख्या २६ पुगेको छ ।