बेनीघाट रोराङका प्रमुख हरि डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

Avatar photo
दिपेश कडेल
सोमवार, जेष्ठ ३, २०७८

धादिङ जेष्ठ ३ । बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख पिक्तबहादुर डल्लाकोटी (हरि) ले कोभिड संक्रमितलाई आफै अस्पताल लैजादै गरेको फोटो यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ ।

एम्बुलेन्स नपाएपछि आफै पीपीई लगाएर आईतबार बेलुका पालिका प्रमुख डल्लाकोटीले पालिका कै गाडीमा विशालटार स्थित एक कोरोना संक्रमितलाई मलेखु स्थित टिचिङ अस्पताल ल्याईदिनु भएको थियो ।

आईतबार बेलुका ९ बजे कोरोना संक्रमित प्रदिप पौडेलको स्वास प्रस्वासमा गम्भीर समस्या आएको र बेनीघाट रोराङमा १० वटा एम्बुलेन्स भएता पनि बेनीघाट विशालटार आसपासका एम्बुलेन्स विरामी ओसार पसारमा व्यस्त भएको अन्यत्रबाट एम्बुलेन्स तत्काल बोलाउन नसकिने जानकारी आएपछि पालिका अध्यक्ष डल्लाकोटीले संक्रमितलाई पालिकाको गाडीमा अस्पताल सम्म ल्याई दिनु भएको थियो ।तस्वीरः Aabash Babu Dallakoti