कोरोना संकट बीच एमाले सिद्धलेकको पार्टी कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २५, २०७८

धादिङ बैशाख २५ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपालले नेकपा एमाले सिद्धलेक गाउँपालिकाको पार्टीकार्यालय उद्घाटन गर्नुभएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्था पन केन्द्र (डीसीएमसी) का सल्लाकार समेत रहेका जिल्ला समन्वय प्रमुख नेपालले डीसीएमसीले गरेको निर्णयलाई समेत व्यवस्था गर्दै सिद्धलेक गाउँपालिकाको पार्टीकार्यालय उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओली निकट रहनुहुने जिल्ला समन्वय प्रमुख नेपालले सिद्धलेक गाउँपालिका स्थित बुङचुङमा एक कार्यक्रमका बीच रिवन काटेर पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो ।

आजै संविधान सभा सदस्य धनबहादुर घलेले उद्घाटन गर्ने भनिएको नेकपा एमाले गंगा-जमुना गाउँपालिकाको कार्यक्रम भने कोरोना संक्रमण रोकथामका लागि सहयोग गर्न भन्दै स्थगित भएको छ । फोटोः लक्ष्मण खतिवडाको फेसबुकबाट