
धादिङ बैशाख १९ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा शनिबार ६३ जना सहित जिल्ला भर शनिबार एकै दिन ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
- धादिङ संक्रमणको उच्च जोखिममा, बैठक, भेला जारी, जान्ने बुझ्नेहरु नै भिडभाड गर्दै
- धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई काेराेना संक्रमण
स्वास्थ्य कार्यालय धादिङका अनुसार शनिबार नेत्रावती डवजोङ गाउँपालिकाका ६३ जना सहित धादिङ अस्पतालका स्वास्थ्यकर्मी १० जना, नीलकण्ठ नगरपालिकाका ४ जना, धुनीबेशी नगरपालिकाका २ जना, गजुरी गाउँपालिकाका १ जना, बेनिघाट रोराङका २ जना र त्रिपुरासुन्दरीका २ जना, गंगाजमुना, सिद्धलेक र थाक्रे गाउँपालिकाका १-१ जना गरी कुल ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला भित्र होम आइसोलेसनमा १५३ जना, मलेखु अस्पतालको आईशोशनमा १, धादिङ्ग अस्पतालको आइसोलेसनमा १७ जना र ICU मा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । त्यसैगरि जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या ८७ र अस्पतालको आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ ।