धादिङको कोभिड अस्पतालमा विरामी राख्न थालियो, शुक्रबार मात्रै ५३ जना संक्रमित

Avatar photo
राजाराम रिजाल
शनिबार, बैशाख १८, २०७८

धादिङ बैशाख १८ । धादिङबेसी स्थित ५० बेडको कोभिड अस्पतामा कोरोना संक्रमित विरामी राख्न थालिएको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विकका अनुसार अक्सिजन दिनु पर्ने ७ जना कोरोना संक्रमित विरामी कोभिड अस्पतालमा भर्ना गरिएको हो । शुक्रबार सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकले हप्ताको २ दिन अस्पतालमा आएका सङ्कास्पद विरामीहरुको कोरोना परिक्षण गरिने निर्णय समेत गरेको छ ।

भयावहरुपमा फैलिई रहेको कोभिड १९ संक्रमितहरु पछिल्लो २४ घण्टामा धादिङमा ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १८ जना, गल्छी गाउँपालिकाका ८, धुनिवेशी नगरपालिकाका ४, गजुरी, बेनिघाट रोराङका, ज्वालामुखी, त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिकाका ३-३ जना, सिद्धलेकका २ र गंगाजमुना, नेत्रावती डवजोङ र खनियाबास गाउँपालिकाका १-१ जना र ठेगाना नखुलेका अन्य ३ जना गरी कुल ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

नीलकण्ठ नगरपालिकामा २८ वटा टेस्ट गरेको मध्ये १२ जनामा कोरोना पोजिटिभ र गल्छी गाउँपालिकामा १५ वटा टेस्ट गरेको मध्ये ६ जनालाई कोरोना पोजिटिभ देखिएको हो । अन्य ३५ जनाको भने काठमाडौँमा परिक्षण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा सक्रिय केश १७४ पुगेको छ । संक्रमित मध्ये ९४ जना जिल्ला भित्र र ८० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ७३३ पुगेको छ ।