
अब त देश स्वास्थ्यको हिसाबले आपतकालिन अवस्थामा पुगेको वा पुग्न लागेको भन्न मिल्दैन र ? अब पनि भोलि गरौंला, हेर्दै जाम् न, अहिले खासै बढेको छैन भन्न मिल्ने अवस्था छैन । अझै पनि सच्चिएर जान सकिने अवस्था छ ।
के-के गर्नुपर्ला
- अनावश्यक आवतजावत, भिडभाड सबै कडाईका साथ बन्द गर्नुपर्छ । NO EXCUSES. मन्त्री, प्रधानमन्त्री, राष्ट्रपती सबैलाई यो नियम लाग्नुपर्छ । प्रम मान्छे हैनन् र ? उनलाई पनि भाइरसको संक्रमण नहोला र ? भाइरस आत्मविश्वासले मात्रै निको हुदैंन है । बिहे, पार्टी, भोज, सभा, समारोह, उद्धाटन सबै बन्द । गर्नैपरे virtual तरिकाबाट, zoom, viber, messanger video call, google meet, twitter space आदिबाट गर्ने । (यसले १ जनासँग भएको भाइरस ५-१० जनामा सर्न पाउदैंन र नयाँ विरामी बन्न पाउदैन । जसले भाइरस एकबाट अर्को, अर्कोबाट अर्कोमा सर्ने chain break हुन्छ । यसले भरिएर थलिएका अस्पताल, आइसोलेसनले केही राहत पाउँछन् ।)
- नेपाल-भारत बोर्डरमा कडाई गर्ने । जनशक्ती थप्नुपरे थप्ने, आर्मी, पुलिस सबै शक्ति थप्ने । नेपाल छिर्नेको तथ्यांक राख्ने, आइसोलेसनमा राख्ने, त्यहिका होटल, स्कुलहरुलाइ प्रयोग गर्ने। बोर्डर क्षेत्रका नगरपालिका, स्वास्थ्य क्षेत्रलाई केन्द्रले, अन्य कम कोभिड भएका क्षेत्रले सहयोग गर्ने, बजेट, जनशक्ती, साधन स्रोत दिने । यसको लागि पटक पटक zoom meeting बस्ने, दिन रात नभनी काम गर्ने । नियम कानुनले बाधा गर्छ भने तुरुन्त नियम फेर्ने, आपतकालिन अवस्था भनी तुरुन्त निर्णय गर्न लगाउने ।
- आइसोलेसन बेड, अक्सिजन सहितका बेड, वार्ड, आइसीयु बेड संख्या बढाउने । अबको अवस्थामा centralised health system मा जानुपर्छ जस्तो लाग्छ । एउटा अस्पताल अर्को अस्पताल भनेर छुट्टै छुट्टै काम नगरी ५००-७०० बेडका मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा चलाउने, अन्य ससाना अस्पताललाई नन कोभिड बनाउने, कुनैलाई आमा सुरक्षा सम्बन्धी बनाउने । जनशक्तिको हिसाबले यो अस्पताल त्यो अस्पतालको कर्मचारी भन्ने हुदैंन । सबै centralised system ले बनाएको duty schedule अनुसार खटिनुपर्छ । बजेट नि centralised हुने र तलब भत्ता पनि उतैबाट गर्ने । त्यसमा government ले ठूलो हिस्सा बेहोर्नुपर्छ किनकी जिम्मेवारी र उत्तरदायित्व सरकारको हो । यो बेला बाटो बनाउने, पुल बनाउने, उद्धाटन गर्ने हैन । सरकारले आफूले उदाहरण दिन सक्यो भने प्राइभेट र जनताले उसलाई अनुसरण गरिहाल्छ ।
- testing, tracing, isolation लाई बढाउने । सकेसम्म नि:शुल्क टेस्ट गर्ने । बजेटले भ्याए contact मा आएका सबैलाई गर्ने, बजेटले नभ्याए लक्षण देखिएकालाई मात्र गर्ने । contact मा आएकालाई १० दिन आइसोलेसनमा बसाउने । आइसोलेसनमा बसे नबसेको हेर्ने, मनिटरिङ गर्ने स्थानीय निकाय, स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी मिलेर गर्ने । treatment protocol develop गर्ने । उपचार र मनिटरिङमा एकरुपता ल्याउने । हरेक लेभलका कर्मचारी, हरेक क्षेत्रका कर्मचारीलाई तालिम दिने वा तालिम सम्बन्धी भिडियो नि:शुल्क उपलब्ध गराउने । यसमा स्वास्थ्य र अन्य क्षेत्रका NGO, INGO हरुले सहयोग गर्न सक्छन् ।
- काम व्यापार व्यवसाय ठप्प हुने हुदा त्यो बेला खाना बस्नको समस्यालाई कसरी केही हदसम्म भए नि समाधान गर्न सकिन्छ भनेर स्थानीय र केन्द्र सरकारले उपाय निकाल्ने । समस्यामा भएकाको तथ्यांक बनाउने । खानेकुराको होम डेलिभरी गराउने । बैंकहरुलाई व्याजमा छुट दिन लगाउने, घरभाडा छुट दिन लगाउने, सरकारी करमा छुट दिन लगाउने । अनावश्यक बजेट र भत्ताको पैसा यता divert गराउने । कुनै नियमले रोक्छ भने निर्णय गराएर परिवर्तन गर्ने ।
- Home isolation मा बसेकाको सहि तरिकाले काउन्सेलिङ र उपचार गर्ने एउटा central system बनाउने, hotline no., online system बनाउने । समस्या बढेमा कहाँ जाने, कुन अस्पताल जाने, कुन ambulance ले लाने system बनाउने । हरेक level को system लाई समन्वय गराउने । icu बेड खाली छ छैन भनेर विरामीले १० ठाउमा चहार्दै सोध्दै हिड्नु नपरोस् । एउटा website जहाँ every 12 hrs वा 6 hrs मा update गर्ने बनाउन सकिन्न ?
- अझै अरु पनि कुरा पक्कै होलान् ।
- समस्या बढेको छ, चुनौती थपिएको छ । तर यस्तै बेला त हो नि आफ्नो क्षमता देखाउने । चुनौतीमा नै अवसर लुकेको हुन्छ । मेरो, तेरो भन्ने छोडेर हाम्रो, देशको, नेपालको भन्ने सोच, निर्णय र व्यवहार नेतृत्व तहबाट देखिए देश बदल्न सकिने यहि बेला हो, देश बनाउन सकिने यस्तै बेला हो। चाह्यो भने नसकिने केही छैन ।