नेपालको नेदरल्यान्ड्स विरुद्ध सानदार जित

Avatar photo
दिपेश कडेल
शनिबार, बैशाख ११, २०७८

धादिङ बैशाख ११ । नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १७।२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

१४२ रनको जित रन अन्तरको आधारमा नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमै सबैभन्दा ठुलो जित हो। नेपालले टि२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जितको हो ।

यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आइसिसी वल्र्ड टि-२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो । नेपालले सन् २०१९ जुलाईमा मलेसियासँग दुई टि-२० सिरिजमा क्लिनस्विप गरेको थियो । २०१९ को सुरुवातमै यूएईसँगको तीन टि-२० आई सिरिज २–१ ले जितेको हो । नेपालले त्रिकोणात्मक सिरिज भने पहिलो पटक जितेको हो ।