नेत्रावती डवजोङ गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने प्रयास

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ९, २०७८

धादिङ बैशाख ९ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यलाई कालोमोसो दल्ने प्रयास भएको छ ।

नेत्रावती डवजोङ वडा नम्बर १ स्थित कैचले बजारमा डोजर लिएर घर भत्काउन गाउँपालिका प्रमुख आफै आएपछि कालो मोसो दल्ने प्रयास भएको स्थानीयले बताए ।

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरिएले आफुले उक्त सार्वजनिक जग्गा खाली गराउन डोजर सहित पुग्दा आफुमाथि कालो मोसो फ्याक्ने काम भएको प्रमुख दुर्गा कुमार शाक्यले बताउनु भयो ।