कोरोना विरुद्धको दास्रो डोज खोप आज देखि दिइदैं (कस्को पालो कहिले)

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ७, २०७८

धादिङ बैशाख ७ । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज मंगलबार (आज) देखि दिँदैछ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा झलक शर्मा गौतमले बताए ।

सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट हुने समेत मन्त्रालयले जनाएको छ ।

कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरूको वैशाख ७ गते
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरूको वैशाख ८ गते
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरूको वैशाख ९ गते
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरूको वैशाख १० गते
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरूको वैशाख ११ गते