चीनले यसरी गराउँछ, कृत्रिम वर्षा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७८

चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम वर्षौँदेखि सञ्चालन गरिरहेका छन्। यो वर्षको डिसेम्बरमा सरकारले उक्त कार्यक्रमलाई देशभरि विस्तार गर्ने निर्णय गरेको छ।

अधिकारीहरूले कृत्रिम वर्षा वा हिमपात गर्ने कार्यक्रमले सन् २०२५ भित्र ५५ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लक्ष्य लिएका छन् जुन चीनको भूगोलको झन्डै ६० प्रतिशत हो।
तर पहिलेदेखिकै क्षेत्रीय तनावका माझ छिमेकी भारतसहितका देशहरूले उक्त प्रविधिको प्रभावको अनिश्चितताबारे चिन्ता प्रकट गरेका छन्।

चीनले कसरी मौसमलाई नियन्त्रणमा गर्न खोजेको छ? , चीनले ‘क्लाउड सीडिङ’ भनिने विधिलाई प्रयोग गरिरहेको छ। यसमा सिल्भर आयोडाइड नामक यौगिकलाई बादलमा छर्केर वर्षा गराउने प्रयास गरिन्छ। यो नै मौसम परिवर्तन गराउने विधि हो।

“धेरै देशहरूले यो विधि प्रयोग गरिरहेका छन्। चीनले यसलाई लामो समयदेखि प्रयोगमा ल्याएको छ। भारतले पनि यसको प्रयोग गरेको छ, “ कर्णाटकस्थित मणिपाल अक्याडमी अफ हाइअर एजुकेशनकी जलवायुविज्ञ धनश्री जयराम भन्छिन्।

“यो विधि खडेरीको ठूलो समस्या भएको अफ्रिकाको सब-सहारा वा उत्तर पूर्वी क्षेत्रमा प्रयोग गरिएको छ। अस्ट्रेलियामा पनि यो विधि अपनाइएको छ।” “यसको प्रभावकारिताबारे एकदमै न्यून सङ्ख्यामा वैज्ञानिक शोधपत्रहरू लेखिएका छन्,” बेइजिङ नर्मल यूनिभर्सिटीका जोन सी मोर भन्छन्।

“क्लाउड सीडिङ विधि कुनै पनि किसिमले वैज्ञानिक रूपमा पुष्टि नगरी अघि बढाइएको थियो।” बेइजिङले ठूला कार्यक्रमजस्तै संसद्को वार्षिक सत्र आयोजना गर्दा प्रदूषण नियन्त्रण गर्न उद्योगहरू पनि बन्द गरिन्छ।

मोरका अनुसार खेतीमा क्षति नपुगोस् भनेर चीनमा ५०,००० वटा सहरले यो विधि नियमित रूपमा प्रयोग गर्दै आएका छन्। नले भने, “खासगरी असिनाले बालीमा क्षति नपुर्‍याओस् भनेर त्यसले खतरनाक स्वरूप ग्रहण गर्नुअघि नै वर्षालाई बादलबाट अलग गर्न यो विधि अपनाइन्छ।”

तर वैज्ञानिकहरू यो विधि चीनमा वर्षको एक वा दुई महिना मात्रै प्रभावकारी हुने बताउँछन्। सन् २०२० को फेब्रुअरीमा न्यू साईन्टिस्ट म्यागजीनले पर्वतीय क्षेत्रको बादलबारे एउटा अमेरिकी अनुसन्धानबारे लेख प्रकाशित गरेको थियो। त्यसमा क्लाउड सीडिङ विधिले वर्षा बढाउने तर त्यो वृद्धि १० प्रतिशतभन्दा कम हुने उल्लेख छ।

“यो प्रविधिले वर्षा याममा पर्ने पानीलाई कस्तो प्रभाव पार्छ भन्ने एउटा मुख्य चिन्ता हो। तर यसबारेमा त्यति धेरै अध्ययन भइसकेको छैन,” धनश्री जयराम भन्छिन्। उनका अनुसार चीन र भारतबीच राम्रो सम्बन्ध भएको भए यस्तो खालको गतिविधिबारे भारतमा खासै चासो रहँदैन थियो। तर सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच बढेको तनावसँगै भारतमा चीनविरोधी धारणा बढेको छ। स्रोतः बीबीसी