बैशाख ११ गते देखि ४२०० मिटरको उचाईमा हुने सिङ्ला महोत्सवको तयारी तिब्र

Avatar photo
नारायण सिलवाल
बिहिबार, बैशाख २, २०७८

धादिङ बैशाख २ । धादिङ, नुवाकोट र रसुवाको संगम स्थल सिङलामा हुने सिङ्ला पर्यटन महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङका अध्यक्ष मंगबहादुर तामाङका अनुसार ४२०० उचाईमा रहको सिङ्लामा महोत्सव गर्न निकै कठिन र चुनौती पूर्ण भएता पनि स्थानीय सरकार देखि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, टान समेतको सहयोगमा महोत्सव हुन लागेको हो ।

धार्मिक तथा साँस्कृतिक महत्वको ठाउँ सिङ्ला महोत्सव बैशाख ११ गते देखि १६ गते सम्म हुने भएतापनि बीचको १४ गते वैशाख पूर्णिमाको दिन विशेष धार्मिक मेला हुने समेत अध्यक्ष मंगबहादुर तामाङले बताउनु भयो ।

मेला भव्य सभ्य बनाउन दिनश तामाङको संयोजकत्वमा महोत्सव आयोजक समिति बनाएका छौं । महोत्सवमा ५०० भन्दा बढी स्वयम सेवा परिचालन गरिने, सामुहिक मेस संचालन गर्ने, दर्शक तथा पर्यटकहरुलाई सहज रुपमा बास बस्न अस्थायी आवास गृह निमार्ण गरिने छ, भने उद्घानको दिन हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्पवृष्टि गरिनेउहाँले बताउनु भयो ।
महोत्सवको मुख्य आकर्षणमा म्हेन्दोमाया प्रतियोगिता, तामाङ, घले र गुरुङ जातिको पुराना कला संस्कृतिको प्रदर्शन, हरेक दिन म्हेन्दोमाया, साईखोले, मानेनाँच, पारुनाँच तथा लामानाँच, झाँक्री नाँच, गुरुङ जातीको रोधी, घाटु र मारुनीनाँच, म्याराथुन रेस आयोजकले जनाएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ऐतिहासिक स्थल सिङ्ला पुग्न नुवाकोटबाट भाल्चे, रसुवाबाट घत्लाङ र धादिङबाट रुबीभ्यालीको बोराङ, आवई, सेर्तुङको बाटो प्रयोग गर्न सकिने महोत्सव आयोजक समितिका संयोजक निदेश तामाङ बताउँछन् । यी बाटोहरु प्रयोग गर्दै गर्दा धादिङबाट पैदल, घोडा, म्याराथुन रुटहरु प्रयोग गर्न सकिन्छ ।
समुद्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा रहेको यो सिङ्लाबाट २७० देखि ३६० डिग्रीमा माउनटेण्ड भ्युहरु अवलोकन गर्न सकिने छ ।