नेत्रावती डब्जोङमा सहकारीले कृषिमेला तथा साँस्कृतिक कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २८, २०७७

धादिङ चैत्र २८ । नेत्रावती डब्जोङ रहेको एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ५ को देउरालीडाँडा स्वास्थ्य चौकी परिषरमा बैशाख ११ गते कृषिमेला तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको यस कृषि मेलामा प्रर्दशनमा राखिने कृषि उपजहरुको नाम टिपाउन र स्टल बुकिङ गर्न ईच्छुक कृषि फर्म, कृषक, कृषि सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, बहुउदेश्यीय संस्था लिमिटेडहरु आयोजक एकता वचत तथा ऋण सहकारीले आव्हान गरेको छ ।