
धादिङ चैत्र २१ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको नगर स्तरिय अन्तर विद्यालय स्तरीय आधारभूत तहको नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ ।
शुक्रबार धादिङबेसीमा आयोजित आधारभूत तह (कक्षा ६–८) स्तरीय नृत्य प्रतियोगितामा नीलकण्ठ माविलाई हराउँदै एड्भान्स एकेडेमी प्रथम भएको हो ।
प्रतियोगितामा चिल्डे«नपार्क बोर्डिङ स्कुल तृतीय तथा न्यू किबो बोर्डिङ स्कुल र बालमन्दिर माविले सान्त्वना स्थान हासिल गरेका थिए ।