धादिङ चैत्र १४ । धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटारमा वागमती प्रदेशका सांसद तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले गल्छी बेलिनटारीमा खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ ।
विभिन्न दातृनिकायको साझेदारीमा प्रयास नेपाल धादिङले बेलिनिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत निमार्ण गरिएको बेलिनीटार खानेपानी तथा सरसफाई आयोजनाको उद्धघाटन सँगै तथा स्वामित्व स्थानीयलाई सांसद पाण्डेले शुक्रबार हस्तान्तरण गर्नु भएको हो ।
प्रयास नेपालको ७७ लाख ७७ हजार ८१ रुपैया, गल्छी गाउँपालिकाको १० लाख रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ३५ लाख १३ हजार ३७० रुपैया गरि कुल १ करोड २२ लाख ९० हजार ४५१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट बेलिनीटारका १५४ घर र १ वटा बिद्यालयमा गरि कुल १५५ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको प्रयास नेपाल, धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनुभयो ।