सिद्धलेक महोत्सवमा १०५ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २८, २०७७

धादिङ फागुन २८ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ र सलाङको सिमानामा पर्ने सिद्धलेकमा बिहिबार एक दिने प्रथम सिद्धलेक महोत्सव भयो । हजारौंको उपस्थिति रहेको उक्त महोत्सवमा नेपाल रेडक्रस सोसाईटी उपशाखा नलाङले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाद्वारा रक्तदान गरेका थिए ।

१४ जना महिला र ९१ जना पुरुष गरि कुल १०५ जना रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।