
धादिङ फागुन २७ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा पर्ने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लोभ्याउने नलाङ र सलाङको सिमानामा रहेको सिद्धलेक फागुन २७ गते हेलिकप्टरबाट अवलोकन गर्न पाईने भएको छ ।
हरेक शिवरात्रीमा मेला लाग्ने सिद्धलेकमा रहेको सिद्धबाबाको मन्दिर यहि फागुन २७ गते शिवरात्रीको दिन हुने सिद्धलेक महोत्सवको अवसरमा सिद्धलेक हेलिकप्टरबाट अवलोकन गर्न पाईने आयोजकले सिद्धलेक ढेवाडाँडा धादिङले जनाएको छ ।
अवलोकनको लागि टिकट बुकिङ खुल्ला भएको र प्रति टिकट ३ हजार र ५ जना मिलेर आए १४ हजारमा हेलिकप्टरबाट सिद्धलेक मन्दिर अवलोकन गर्न पाईने आयोजकले जनाएको छ ।
उक्त दिन प्रथम सिद्धलेक धार्मिक, पर्यटन तथा साँस्कृतिक महोत्सवमा इन्द्रेनी टिम आउने समेत आयोजकले जनाएको छ ।
