धादिङको ल्होछार (तस्वीरमा)

Avatar photo
नारायण सिलवाल
शनिबार, फाल्गुन १५, २०७७

धादिङबेसी फागुन १५ । तामाङहरुको मौलिक संकृतिका रुपमा रहेको घोड चडी नाँच सँगै धादिङबेसीमा सोनाम ल्होछार बिशेष शुभकामना अदान प्रदान तथा बृहत सस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व काननु मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि दिलमान पख्रीनले तामाङ समुदायको साँस्कृतिक महत्व बोक्ने नया वर्षको सोनाम ल्होछारको अवसरमा शुभकामना दिनु भएको थियो ।

यस्तै पूर्व पर्यटन मन्त्री एवम् कार्यक्रमका विशेष अतिथि परशुराम तामाङले तामाङहरुलाई एकतावद्ध बनाउने सोनाम ल्होछारको भएको बताउनु भएको थियो । हामी तामाङहरुलाई सामन्तहरुले परिचालन मात्रै गर्दै आए, आफ्नो अधिकारका सुनिश्चितको लागि पनि तामाङहरु एकतावद्ध हुन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

ल्होछार विशेष तस्वीरहरु