धादिङबेसीमा फागुन १५ गते लामा, झाँक्री, बंदेल नाँच देखाईने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १३, २०७७

प्रेमबहादुर नेपाली
धादिङ फागुन १३ ।
धादिङबेसीमा फागुन १५ गते शनिबार लामा, झाँक्री, बंदेल नाँच देखाईने भएको छ ।

राष्ट्रिय कलाकारको साथमा हुन लागेको तामाङ समुदायको सोनाम ल्होछार सास्कृतिक कार्यक्रम उक्त नाँचहरु देखाईन लागेको हो ।

नेपाल तामाङ युवा घेदुङ धादिङद्वारा आयोजित ल्होछार बिशेष शुभकामना अदान प्रदान तथा बृहत सस्कृतिक कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

पूर्व कानुन मन्त्री दिलमान पाख्रिनको प्रमुख अतिथ्यतामा हुने उक्त कार्यक्रमको विशेष आतिथ्यता पूर्व पर्यटन मन्त्री परशुराम तामाङकोे रहने बताईएको छ ।