
धादिङ फगुन ३ । म्हेन्दोमाया कलाकार संघ धादिङले आगामी बैशाखको पहिलो साता धादिङबेसीमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
सोमबार धादिङबेसीमा सम्पन्न संघको बैठकले आगामी बैशाख १ वा ४ गते धादिङबेसीमा कार्यालय उद्घाटन एवम् साँस्कृतिक गर्ने निर्णय गरेको अध्यक्ष सन्दिप स्याम्जेनले बताउनु भयो ।