धादिङबेसीमा सोमबार हुने काँग्रेसको विरोध प्रदर्शनमा नेता रामचन्द्र पौडेल आउने

Avatar photo
Dhadingpost
फाल्गुन २, २०७७

धादिङ फागुन २ । नेपाली काँग्रेस धादिङले सोमबार (फागुन ३ गते) धादिङबेसीमा विशाल विरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध धादिङबेसीमा हुने काँग्रेसको उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेल, सह–महामन्त्री डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य बद्री पाण्डे लगायतका केन्द्रीय नेताहरू आउने काँग्रेस धादिङले जनाएको छ ।