न स्वीकार छ बिसर्जन, न चिरा या फुट !
न मन्जुर छ अराजकता, न झुण्ड या गुट !!
सयरिँदै रगतको तलैयामा, सर्बहारा डुंगा !
न मानिन्छ कथित फर्मान, न भ्रम या झुट !!
समय हात पसारी माग्छ, एकता र क्रान्ति !
न भनिन्छ भै’गो गद्दार, न माफी या छुट !!
स्वर्ग बन्यो अपराधीको, सधैं सुन्दर मुलुक !
न दिइन्छ बाँच्न तिन्लाई, न चोरी या लुट !!
