तामाङ समुदायमा आज ल्होछार पर्व मनाईदै

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ३०, २०७७

धादिङ माघ ३० । तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी आज मनाउँदै छन् ।

हरेक माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ । आज नयाँवर्षको अवसरमा तामाङ समुदायले विभिन्न मनोरञ्जन मुलक साँस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।