धादिङ माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको नेतृ रामकुमारी झाँक्रीलाई आज प्रहरीले निवास बाटै पक्रेको छ । झाँक्रीलाई ‘राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ को असुर अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको’ प्रहरीले जनाएको छ ।
राज्य विरुद्धको कसुर आफैंमा गम्भीर आरोप हो । यो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय सक्ने छ ।
गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई व्यक्तिगतरुपमा लाञ्छित गर्ने गरी अभिव्यक्ति दिएकी थिइन् । उनले राष्ट्रपतिलाई ‘शीतलनिवासबाट निस्केर कोटेश्वर वा त्यो नभए बालकोट आउन’ चेतावनी दिएकी थिइन् ।
यस्तो अभिव्यक्तिले राष्ट्रपतिको चरित्रहत्या भएको भन्दै ओली समर्थित अनेमसंघले उनीमाथि कारबाहीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत दिएको थियो ।