
धादिङ माघ २५ । आइतबार देखि मौसम सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्ने महाशाखाले जनाएको हो ।
हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै शनिबार राति हिमाली भेगमा हिमपात थियो । आगामी २४ घण्टा भने हल्का वर्षा र हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित रहने महाशाखाले जनाएको छ ।
